फरवार्ड माइक्रोफाइनान्सकाे साधारण सभामा १४ प्रतिशत लाभांशकाे प्रस्ताव

-



     सफल आवाज    
     मंसिर १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० मंसिर । लाभांश अनुमाेदन गर्न फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारण सभा बाेलाएकाे छ।सभा मंसिर २८ गते दिनेश चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा बाेलाइएकाे छ । 

संस्थाले गएकाे आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे । यसमा १३.३० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७० प्रतिशत नगदसहित १४ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव रहेकाे छ। 

संचालक समितिले प्रस्ताव गरेकाे साे लाभांश संस्थाकाे साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने भएकाे छ । संस्थाले साधारणा सभाकाे प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने भएकाे छ ।

शेयरधनीहरूले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि मंसिर १३ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।