सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर १२ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १२ मंसिर । सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बिहिबार मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने जनाएकाे छ।

शेयरधनीहरूले लाभांश पाउन र साधारणा सभामा भाग लिनका लागि आजसम्म नेप्सेमा शेयरकारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउने लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन् ।

साधारण सभाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २६.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रु्ताव अनुमाेदन गरिने भएकाे छ।

हाेटलकाे ५० औँ साधारण सभा पुस ४ गते, नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौँमा डाकिएकाे छ । सभा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।