
काठमाडाैं, १२ मंसिर । लाभांश अनुमाेदन गर्नका लागि फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारण सभा बाेलाएकाे छ ।
संस्थाले गएकाे आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.४७ प्रतिशतले लाभांश वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव अनुमाेदन गर्नका लागि साधारण सभा डाकेकाे हाे ।
संस्थाकाे पन्ध्रौँ वार्षिक साधारण सभा पुस ११ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे डाकिएकाे छ ।
सभाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत लाभांशसहित ९.४७ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ ।
सभाले अधिकृत पूँजी, जारी र चुक्ता पूँजी वृद्धिकाे प्रस्ताव पारित गर्नेछ । साथै प्रबन्धपत्र, नियमावली संशोधन तथा मर्जरका लागि कार्य गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्ति र पारीश्रमिक ताेक्ने र सर्वसाधारणबाट ३ जना सञ्चालकहरुको चयन गरिने भएकाे छ ।
साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि मंसिर २३ गते बुकक्लोज गरिने भएकाे छ । मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएबम शेयरधनीहरु साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य हुनेछन्।








काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




