
काठमाडौं, १३ मंसिर । नेपाल स्टक एक्सचेन्जमा शेयर सूचीकृत गराएका दुईवटा लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन बाँकी रहेकाे छ ।
मंसिर १४ गते शुक्रबार बुक क्लोज हुने भएकाेले फरवार्ड लघुवित्त र सपोर्ट लघुवित्तको लाभांश आजसम्म सुरक्षित गरिसक्नु पर्नेछ । आजसम्म शेयर काराेबार गरी कायम भएका शेयरधनीहरु मात्र लाभांश पाउनका लागि याेग्य हुनेछन् ।
फरवार्ड लघुवित्त
फरवार्ड लघुवित्तले गएकाे वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस तथा कर प्रयोजनार्थ ०.७० प्रतिशत सहित १४ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ ।
साे लाभांश अनुमाेदन गर्नका लागि लघुवित्तले मंसिर २८ गते साधारण सभा बाेलाएकाे छ । सभा, चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा पूर्वान्ह ११ बजेदेखि बेालाइएकाे छ ।
सपोर्ट लघुवित्त
सपोर्ट लघुवित्तले गएकाे वर्षको मुनाफाबाट १३.७७ प्रतिशत बोनस सेयर र कर प्रयाेजनकाे लागि ०.७२ प्रतिशत नगद लाभांशसहित वितरण १४.४९ प्रतिशत लाभांश वितरण गर्नेछ ।
यसका लागि लाभांश पारित गर्न पुस ६ गते साधारण सभा डाकिएकाे छ । सभा, दुर्गा पार्टी प्यालेस, इटहरी ४, सुनसरीमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




