सुनचाँदीको भाउमा गिरावट, तोलाको कति ?

-



     सफल आवाज    
     मंसिर १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा ३ सयले घटेको जनाएको छ । चाँदीमा ३० रुपैयाँ घटेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ३० ले घटेर तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।