
पोखरा, १४ मंसिर । नेपाल पर्वतारोहण संघ र अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखराले अन्तराष्ट्रिय पर्वतीय दिवशको अवसरमा पर्वतीय महोत्सव आयोजना गर्न लागेका छन् ।
घारीपटनस्थित अन्तरष्टिय पर्वतीय संग्रहालयमा मंसिर २३ देखि २७ गतेसम्म ५ दिने ९ औं पर्वतीय महोत्सवद आयोजना गर्न लागिएको आज संग्रहालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
संग्रहालयका प्रशासकीय अधिकृत जिनेश सिन्धराकारले महोत्सवमा इसिमोड, ढब्लुडब्लुएफ, एफएओ, नेपाल टेलिकम, एक्याप, बर्ड कन्जरभेसन नेपाल लगायतका संघ, संस्थाहरुसंगको सहकार्यमा आयोजना गर्न लागिएको जानकारी दिए । महोत्सवकाे अवसरमा संग्रहालयमा दैनिक छलफल कार्यक्रम गरिने बताए । संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाईन र बोल्डरिङ लगायतका गतिविधि हुनेछन् ।
संग्रहालयमा हुने महोत्सवमा सहभागि हुनका लागि प्रवेश निःशुल्क गरिएको छ । पहिलो दिन मंसिर २३ गते माउन्टेन सोलुसन्स फर अ सस्टेनेवल फ्युचर, इनोभेसन, एडप्टेशन, युथ एण्ड बियोन्ड शीर्षकमाअन्र्तक्रिया हुनेछ ।
दोश्रो दिन मंसिर २४ गते इसिमोड, ढब्लुडब्लुएफसंगको सहकार्यमा पर्वतीय पर्यटनका संभावना र अवसर बारे विज्ञहरुले आफ्नो धारणा व्यक्त गर्नेछन् । तेश्रो दिन मंसिर २५ गते हिमालय क्षेत्रमा शौचालयको महत्व विषयक सुलभ इन्टरनेशनलसंगको सहकार्यमा अन्र्तक्रिया हुनेछ ।
चौथो दिन मंसिर २६ गते अनुभवि पर्वतारोहीसंगको छलफल हुनेछ । पाँचौ तथा अन्तिम दिन जनप्रिय बहुमुखि क्याम्पसको बीटिएम विभागले अन्र्तक्रिया गर्नेछ । जसमा अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असरहरुका बारेमा बिमर्श हुनेछ ।
महोत्सवमा ३२ लाख खर्च हुने आकलन गरिएको छ भने ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा संघका सल्लाहकार गणेश गुरुङले पर्वतीय महाेत्सव निकै महत्वकाे भएकाे बताए । हामी हिमालय क्षेत्रमा रहेका छाै । हामीलाइ जलवायु परिवर्तनकाे असर परेकाे छ । कहिले अतिवृष्टि र कहिले अनावृष्टि हुने गरेकाे छ । उच्च क्षेत्रमा भएकाे परिवर्तन र अन्य समस्याले मानिस शहर र तराईमा सरिरहेका छन् । यी सबे कुराकाे सन्तुलनकाे खाेजि महाेत्सवकाे अवधिमा खाेजिने उनले बताए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




