सुपरमाई हाइड्रोपावरको शेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     मंसिर १७ गते २०८१ मा प्रकाशित



काठमाडाै, १७ मंसिर । सुपर माई हाइड्रोपावरकाे शेयरमूल्य नेप्सेमा समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेपछि शेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरिएकाे हाे ।

कम्पनीको ७ प्रतिशत बोनस शेयर समायोजन भएकाे छ । समायोजन भएपछि कम्पनीको शेयरमूल्य १ हजार ६५ रुपैयाँ ४२ पैसा कायम गरिएकाे छ।

नयाँ मूल्य अघिल्लो दिनमा भएकाे अन्तिम काराेबारकाे अन्तिम मूल्यकाे आधारमा समायोजन गरिएकाे हो। आइतबार, कम्पनीको शेयर प्रतिकित्ता १ हजार १४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। समायोजन गरिएकाे नयाँ मूल्यकै आधारमा आज दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ।

कम्पनीकाे दशौँ वार्षिक साधारण सभा मंसिर २८ गते, लिसरा रिसेप्सन्स् प्रा. लि., नक्साल काठमाडौँमा डाकिएकाे छ । सभा अपरान्ह ४ बजे बाेलाइएकाे छ ।

सभाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५.६३१ प्रतिशत नगद लाभांशसहित १२.६३१ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ ।

यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गर्ने भएकाे छ।