नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर १७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १७ मंसिर । नेशनल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। संस्थाको साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि मंगलबार, मंसिर १८ गतेदेखि २४ गतेसम्म बुकक्लोज गरिएकाे छ ।

लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि शेयरधनीहरूले आजसम्म नेप्सेमा शेयर कारोबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएहरू नै सभामा सहभागि हुन र लाभांश पाउन याेग्य हुनेछन् ।

संस्थाको एघारौँ साधारण सभा मंसिर २४ गते, अरनिको पार्टी प्यालेस, बनेपामा डाकिएकाे छ । साे सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।

सभाबाट १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांशसहित १५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमेादन हुनेछ ।

यस्तै सभामा ७ लाख ६५ हजार ३७७.६४ कित्ता एफपीओ निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पेश हुने भएका छन् ।