काठमाडौं, १७ मंसिर । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजारमा सकारात्मक लय देखिएको छ । नेप्सेमा आएको सकारात्मक लयले लगानीकर्ताहरु उत्साहि भएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १९.९७ अंकले बढेको छ । यसरी बढेको नेप्से २७५८.०४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.५० अंकले घटेर ४७१.७९ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी रहेका ९ वटामा हरियो लागेको छ । यसदिन कुल ३१४ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयरको खरिदबिक्रीबाट १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५६४ रुपैयाँ ७ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोकार भएको छ । फाइनान्सको ५९ करोड ४७ लाख ५७ हजार ७६२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै तारागाउँ रिजेन्सि होटल लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको शेयरमूल्य घटेको छ । फाइनान्सको शेयरमूल्य ८.७२ प्रतिशतले घटेको छ ।










महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




