सीवाइसी नेपाल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

-



     सफल आवाज    
     मंसिर १८ गते २०८१ मा प्रकाशित



काठमाडौ, १८ मङ्सिर । सीवाइसी नेपाल लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखिएकाे जनाएकाे छ।

लघुवित्तका शेयरधनीहरुको ८८ हजार १८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएकाे हाे। शेयर खरिदका लागि कम्पनीका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन पाउनेछन् । 

इच्छुक संस्थापक शेयरधनीले आजदेखि ३५ दिन भित्र शेयर रजिष्ट्रार आरबीबी मर्चेन्ट बैंकिङ टेकु, काठमाडौं तथा पाेखरा माहनगरपालिका वडा नं ८ मा रहे कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ । 

लघुवित्तका अनुसार ताेकिएकाे अवधिसम्म संस्थापक शेयरधनीले शेयर खरिद नगरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने जनाइएकाे छ ।