
काठमाडौं, २० मङ्सिर । मुक्तिनाथ म्युचुअल फण्ड १ काे आजदेखि निष्काशन तथा बिक्री खुला गरिएकाे छ । याे मुक्तिनाथ क्यापिटल लिमिटेडले बिक्रीमा ल्याएकाे पहिलो म्युचुल फण्ड हाे ।
क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित दरले रुपैयाँ १ अर्ब बराबरको १० करोड इकाई बिक्रीमा ल्याइएकाे हाे । कुल इकाईमध्ये कुल बिक्री भएको इकाईको १३ प्रतिशत अथवा १ करोड ३० लाख इकाई कोषकाे प्रवर्धक रहेकाे मुक्तिनाथ विकास बैंकका लागि रहेकाे छ ।
यसमा २० लाख इकाई योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटलका लागि सुरक्षित गरीएकाे छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि बिक्रीमा राखिएकाे हाे ।
साे फण्डमा लगानीका लागि घटीमा १०० इकाई र बढीमा १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ । फण्डको इकाईमा मंसिर २४ गतेसम्म आवेदन दिन पाइनेछ। ताेकिएकाे अवधिसम्म पूरा आवेदन नपरेमा पुस ४ गतेसम्म आवेदन दिन सकिनेछ । साे अवधिमा ५ करोड इकाई खरिदका लागि निवेदन पेश भएमा साे इकाईको बाँडफाँड गरिनेछ । न्यूनतम संख्यामा पिन इकाई बिक्री नभएमा योजना खारेज हुनेछ भने १५ दिन भित्र निवेदकको रकम फिर्ता हुनेछ ।
फण्डको अवधि १० वर्ष ताेकिएकाे यो एक बन्दमुखी योजना हो। शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




