
काठमाडौं, २० मंसिर । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४.९३ विन्दुमा रहेको छ । नेप्सेमा ०.५७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.०२ अंकले घटेर ४६४.०१ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटामा रातो लागेको छ । कसल ३०७ कम्पनीहरको शेयर कारोबार भएको छ ।
उनीहरुको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता शेयरको खरिदबिक्रीबाट ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार ४०२ रुपैयाँ ७२ पैसा बराबरको करोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको ४२ करोड १९ लाख ३९ हजार ४८५ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य ८.३७ प्रतिशतले घटेको छ ।










दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




