सेवा विस्तारमा आक्रामक बन्दै माछापुच्छ्रे बैंक, एकै पटक ६ शाखारहित बैंकिङ सेवा विस्तार

-



     सफल आवाज    
     पौष १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ पुस । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका–०३, बालकोट, सिराहा जिल्लाको नरहा गाउँपालिका–०३, नरहा, महोत्तरी जिल्लाको एकडारा गाउँपालिका।–०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गाउँपालिका–११, रातापानी, झापा जिल्लाको शिवसताक्षी नगरपालिका–१०, माईधारा, झापा जिल्लाकै कन्काईनगरपालिका–०९, घौलाडुब्बामा थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ सेवा १४८ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त ९रियल टाइममा० खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ ।