एनएमबि बैंकका सेयरधनीले यसपटक लाभांश नपाउने

-



     सफल आवाज    
     मंसिर २४ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २४ मंसिर । एनएमबि बैंक लिमिटेडले यसपटक सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । गत शुक्रबार बसेको बैंककाे सञ्चालक समितिको बैठकले याे निर्णय गरेको हो ।  बैककाे यस किसिमकाे निर्णयले सेयरधनीहरुलाई निराश बनाएकाे छ । 

बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने र सोही बमोजिमकाे वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको बताइएकाे छ ।