
काठमाडाैं, २७ मंसिर । बलेफी हाइड्रोपावरले आजदेखि हकप्रद शेयर निष्काशन गरेकाे छ । कम्पनीले हाल कायम रहेकाे चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गरेकाे हो।
कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता रेसियाेमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता खुलाएकाे हाे ।
हकप्रद शेयर निष्काशनका लागि कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरिसकेकाे छ । शेयरधनीहरुले कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले हकप्रद शेयरका आवेदन दिन पमउनेछन्। हकप्रद शेयरमा पुस १७ गतेसम्म आवेदन दिन पाइनेछ।
शेयरमा लगानी गर्न चाहनेले बिक्री प्रबन्धक, कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । यसमा सिआस्वा सेवामा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरूमा र मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन र बिक्रीपछि चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ हुनेछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




