नेप्से ३३.४२ अंकले घट्याे, ६ अर्ब १४ करोडकाे काराेबार

-



     सफल आवाज    
     मंसिर २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ मंसिर । साताको शेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली शेयर बजारमा दोरो अंकको गिरावट भएको छ । नेप्सेमा पछिल्ला दिनहरुमा आईरहेको गिरावटले लगानीकर्ताहरु पर्ख र हेरको अवश्थामा रहेका छन् ।

यद्यपी अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ बजारमा लयमा फर्किने र नेपाल समृद्धिको लयमा लाग्ने बताएका छन् । उनले अर्थतन्त्रलाई चलायमान बनाउन र सुधार गर्दै अगाडी बढीरहेको बताईरहँदा सकारात्मक लयमा फर्किने अपेक्षा भने कायम रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८१.२९विन्दुमा झरेको छ । नेप्सेमा १.२३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.४४ अंकले घटेर ४५८.२२ विन्दुमा झरेको छ ।

१३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटामा रातो लागेको छ । यसदिन ३०४ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब १४ करोड ४० लाख ६५ हजार ७४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबार भएको छ । फाइनान्सको २६ करोड १२ लाख १४ हजार ७२ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै त्रिशुली जल विद्युत कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनकिो शेयरमूल्य ८.५५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै जानकी फाइनान्स लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ७.४१ प्रतिशतले बढेको छ ।