
काठमाडाैं, ३० मंसिर । नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश वितरणकाे प्रस्ताव पारित गर्न साधारण सभा डाकेकाे छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदनका लागि साधारण सभा डाकेकाे हाे ।
कम्पनीकाे १८ औँ वार्षिक साधारण सभा पुस २५ गते, लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमामा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।
सभाबाट ८ प्रतिशत बोनस शेयर र तथा कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांशसहित ८.४२ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारिते गरिनेछ ।
सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरूमाथि छलफल गरी पारित गरिने भएकाे छ ।
साधारण सभा प्रयोजनका लागि पुस ८ गते बुकक्लोज गरिने भएकाे छ। लाभांश पाउन र सभामा भाग लिनका लागि शेयरधनीहरूले पुस ७ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




