अपर सोलु हाईड्रोले साधारण सभा बाेलायाे, यस्ता छन एजेण्डा

-



     सफल आवाज    
     मंसिर ३० गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३० मंसिर । अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आफ्नो नवौं साधारण सभा बाेलाएकाे छ । कम्पनीको सञ्चालक समितिको हालै बसेकाे बैठकले गरेको निर्णयानुसार कम्पनीको नवौं साधारण सभा पुस १६ गते आयोजना हुने भएकाे हाे ।  

सभा भगवतिवहाल नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान १० बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई कुनै पनि लाभांशको प्रस्ताव नगरेकाले लाभांश सम्बन्धी कुनै पनि अजेण्डा सभामा पेश नहुने बताइएकाे छ ।  

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित हुने बताइएकाे छ ।