काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन, कामपामा आज शोक बिदा

-



     सफल आवाज    
     पौष १ गते २०८१ मा प्रकाशित



काठमाडौं, १ पुस । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको आज निधन भएकाे छ । सिंहको निधनमा महानगरले आज शोक बिदा दिएको छ । उनको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान निधन भएको थियो ।

कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए ।