नेपाल बैंकर्स संघको अध्यक्षमा निर्विरोध भए कोइराला

-



     सफल आवाज    
     पौष २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ पुस । वाणिज्य बैंकहरूमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरूकाे संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध भएका छन् ।

प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अध्यक्षमा दिएकाे उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध भएका हुन। अध्यक्षमा निर्विरोध भएका कोइराला माछापुच्छ्रे बैकका प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा छन ।

संघको वार्षिक साधारण सभा भाेलि बुधबार हुदैछ । साे सभाले कोइरालालाई औपचारिक रुपमा अध्यक्षको निर्विरोध चयन भएकाे घोषणा गर्नेछ । बैंकर्स संघमा अध्यक्षको कार्यकाल २ वर्षको हुनेछ।

हाल नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी रहेका छन् । कोइराला हाल उपाध्यक्ष छन् । कोइराला अध्यक्ष भएपछि सो पदमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी आउने छन् ।

रिक्त रहेको ३ जना सदस्यमा एभरेष्ट बैंकका सुदेश खालिङ, कुमारी बैंकका रामचन्द्र खनाल र नेपाल बैंकका तिलकराज पाण्डेय सर्वसम्मत भएका छन् ।