
काठमाडाैं, १५ पुस । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब महाप्रवन्धक (डेप्युटी जनरल मेनेजर) पदमा पवन कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त श्रेष्ठलाई सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले पद तथा गोपनियताको सपथ गराएका छन्।
श्रेष्ठ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा २२ वर्ष काम गरी प्रादेशिक स्तरको तत्कालीन आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड सफल मर्जर पश्चात बनेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा नायब कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका श्रेष्ठसँग निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडबाट करिअर सुरु गरी लघुवित्त क्षेत्रमा २४ वर्षको कार्य अनुभव रहेको छ ।
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको हाल ३२ वटा जिल्लामा ५५ वटा शाखा सञ्जालबाट ४२,३९५ घरधुरीहरुमा सेवा प्रदान गर्दै आई रहेको छ । यस वित्तीय संस्थाले रु. २ अरब ३५ करोड ४७ लाख लगानीमा रहेको रकम र रु. ६९ करोड ८८ लाख बचत परिचालन गरी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले बताए ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



