
काठमाडौं, ४ पुस । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सोल्टी होटलको साधारण सभा बसेकाे छ । यसपटक सभामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) काे लाभांशकाे प्रस्ताव छैन । साेल्टी हाेटलकाे सभामा भने लाभांशकाे प्रस्ताव रहेकाे छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)
सभामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा कार्की ब्यांक्वेट, बबरमहल, काठमाडौंमा बिहान ९ बजेबाट सुरु भएकाे छ । सभामा लाभांशकाे प्रस्ताव छैन । सभाबाट आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका वित्तीय एजेण्डाहरुमाथि छलफल गरी पारित गरिने भएकाे छ ।
सभामा आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्तिि र निजकाे पारिश्रमिक ताेकिने भएकाे। कमपनीले साधारण सभाकाे प्रयोजनका लागि मंसिर २१ गते बुक क्लोज गरेकाे थियाे । सभामा भाग लिनका लागि लगानीकर्ताले मंसिर २० गतेसम्म शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।
साेल्टी हाेटल
साेल्टी हाेटलको साधारण सभा नेपाल प्रज्ञा भवन, कमलादी काठमाडौंमा पूर्वान्ह ११ बजे सुरु हुँदैछ । सभाबाट १० प्रतिशत बोनस तथा कर प्रयाेजनका लागि २६.८४ प्रतिशत नगदसहित ३६.८४ प्रतिशत लाभांशकाे प्रस्ताव अनुमाेदन गरिदैछ ।
यस्तै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण लगायतका विषयमाथि छलफल गरिनेछ । सभाकाे प्रयोजनका लागि मंसिर १३ गते बुक क्लोज गरिएकाे थियेा । लगानीकर्ताले लाभांश पाउन र सभामा भाग लिनका लागि मंसिर १२ गतेसम्म शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।








काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण…
केप क्यानभेरल (फ्लोरिडा), ८ मङ्सिर। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै… 




