नबिल बैंकद्वारा जाजरकोट र रुकुममा ९६ वटा अस्थायी आवास हस्तान्तरण

-



     सफल आवाज    
     पौष ८ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ८ पुस । नबिल बैंकले भूकम्पबाट प्रभावितहरूका लागि बनाइएका अस्थायी घर हस्तान्तरण गरेकाे छ । बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरिएका ९६ वटा अस्थायी घर हस्तान्तरण गरेको हाे ।

आइतबार एक कार्यक्रमका गरेर बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत तथा चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई आवास हस्तान्तरण गरे ।

साे अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरी लगायतका उच्च व्यक्तिहरूकाे सहभागिता थियाे ।

कार्यक्रममा बैंकका अध्यक्ष पौडेलले अस्थायी घरहरू बनाएर सामाजिक उत्तरदायित्व बहन गरेकाे बताए । उनले उत्कृष्ट बैंकीङ सेवासंगै सामाजिक भूमिकाहरूमा कहिल्यै पछि नपर्ने बताए ।

पाैडेलले प्राकृतिक विपदबाट प्रभावित भएकाहरूलाई सहयोग पुर्याउन र बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै अस्थायी आवास सकेर हस्तान्तरण गर्न पाएकाेमा खुसि व्यक्त गरे ।