काठमाडौं, ८ पुस । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।
शेयर बजारको सकारात्मक लयले लगानीकर्ताहरलाई उत्साही बनाएको छ ।
लामो समय पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु अब बजार सकारात्मक हुनेमा आशावादी भएका छन् । कुल काराेबार भने अन्य दिनकाे तुलनामा कम भएकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० विन्दुमा उक्लिएको छ । नेप्सेमा १.११ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.४८ अंकले बढेर ४४६.५६ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये एउटमा रातो लागेको छ । बाँकी रहेका १२ वटै उपसमूहहरुमा हरियाली छाएको छ । यसदिन कुल ३२८ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको ८९ लाख ८ हजार ८५१ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ४३ करोड २ लाख ४ हजार ६०३ रुपैयाँ ३३ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी जानकी फाइनान्स लिमिटेडको शेयर कारोबार भएको छ । फाइनान्सको १८ करोड ८४ लाख ६६ हजार ३३५ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




