
पोखरा, १५ पुस । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा विन्दु कोइराला सुवेदीले आज पत्रकार सम्मेलन आयोजना गरी स्वतन्त्र प्यानल घोषणा गरेकी छन् । संघको उपाध्यक्ष रहेकी सुवेदीले संघमा १४ वर्ष लामो अनुभव गरिसकेको बताउँदै उत्साहकासाथ स्वतन्त्र प्यानल घोषणा गरेकाे बताइन ।
सुवेदीको प्यानलबाट वाणिज्य तर्फको उपाध्यक्षमा सोवित पौडेल, महासचिवमा धनीराम बराल र कोषाध्यक्षमा तारानाथ ढुंगानाको उम्मेदवारी घोषणा भएको छ । संघको उपमहासचिव पदको लागि गगनगौंडास्थित गृहलक्ष्मी ग्यास कम्पनीका सञ्चालक धर्मराज बर्तौलाको उम्मेदवारी घोषणा भएको छ । यस्तै कार्यसमिति सदस्यका लागि पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम तथा उत्तम कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । सुवेदीले कर्पोरेट, उद्योग र वस्तुगत सदस्यको उम्मेदवारी छिट्टै घोषणा हुने बताईन ।
यसैबीच, स्वतन्त्र समूहबाट अध्यक्षको उम्मेदवार बनेकी विन्दु कोइराला सुवेदीले नारायण कोइराला समूहबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका पवन प्रजापतिलाई सघाउने बताएकी छन् । उनको यो संकेतले प्रजापति वरिष्ठ उपाध्यक्षमा सहजै निर्विरोध हुने बाटो खुल्ने देखिएको छ । किनभने सुवेदीको स्वतन्त्र समूहबाट कसैकाे उम्मेदवारी घोषणा भएको छैन ।
पोउवाको यही पुस २४ र २५ गते ३३ औं महाअधिवेशन पाेखरामा हुँदैछ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



