सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     पौष ९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ९ पुस । सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य नेप्सेमा समायोजन भएकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरिएकाे हाे ।

नेप्सेका अनुसार आज कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन भएकाे छ । समायोजन गरेपछिकाे शेयरमूल्य ४८८ रुपैयाँ १८ पैसा कायम भएको छ।

याे मूल्य अघिल्लो दिन भएकाे काराेबारकाे अन्तिम मूल्यकाे आधारमा समायोजन गरेको नेप्सेले जानकारी दिएकाे छ । दोस्रो बजारमा सोमबार कम्पनीको शेयर प्रतिकित्ता ५३७ रुपैयाँमा कारोबार भएको थियो ।

आज समायोजन गरिएकाे नयाँ मूल्यकाे आधारमा दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्ने भएकाे छ। कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत लाभांशसहित १०.५२६३ लाभांश वितरण गर्ने जनाएकाे छ । यसका लागि पुस २८ गते साधारण सभा डाकिएकाे छ। साे सभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौँमा पूर्वान्ह ११ बजे डाकिएकाे छ।