
काठमाडौं, ९ पुस । महुली लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ ।
लघुवित्तले पुस ५ गतेदेखि रुपयाँ ४ करोड ७५ लाख ४४ हजार ९१५ बराबरको एफपीओ जारी गरेको हो । यस अनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ४ लाख ७५ हजार ४४९ कित्ता शेयर खुलाएकाे हाे ।
आज बिहानसम्म एफपीओमा १३ लाख ८६ हजार २०३ जनाका १ करोड ९६ लाख ६० हजार ५३० कित्ताका लागि आवेदन परेकाे छ । यो माग गरेभन्दा ४१.३५ गुणा बढी रहेकाे छ ।
लगानीकर्ताले घटीमा ज्१० कित्तादेखि बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




