मंगलबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य बृद्धि

-



     सफल आवाज    
     पौष ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउ स्थिर अर्थात शुक्रबारकै कायम रहेको छ । चाँदीमा रुपैयाँ १० ले बढेको छ ।

छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।