
काठमाडौं, १० पुस । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाकाे साधारण सभा आज बाँकेकाे काेहलपुरमा बस्दैछ । सभामा यसपटक लाभांश वितरणकाे प्रस्ताव पेश नुहने भएकाे ५ ।
संस्थाकाे सभा कोहलपुर, न.पा–४, होटल सेन्ट्रल प्लाजामा बिहान १० बजे बाेलाइएकाे छ । सभामा लाभांश वितरणकाे प्रस्ताव पेश नहुने भएपछि शेयरधनीहरुको हात खाली हुने भएकाे छ ।
सभामा अन्य उपयुक्त मानिएका लघुवित्तहरुसँग मर्जरका लागि गर्ने कार्य गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गिरनेछ । साथै आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह लगायतका एजेण्डाहरुकमाथि छलफल गरी अनुमाेदन गरिनेछ ।
सभाले आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्नेछ । सभाकाे प्रयोजनका लागि पुस २ गते बुक क्लोज गरिएकाे थियाे । सभामा पुस १ गतेसम्म शेयर काराेबार गरी कायम भएका शेयरधनीहरुले सहभागिता जनाउन पाउनछन्।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




