
काठमाडौं, १० पुस । शिवम् सिमेन्ट्सको साधारण सभा पुस २९ गते डाकिएको छ । कम्पनीको सभाबाट ९ प्रतिशत लाभांशको प्रसताव पारित गरिनेछ ।
कम्पनीले ८.५५ बोनस शेयर तथा कर प्रयोजनका लागि ०।४५ प्रतिशत नगद लाभांशसहित ९ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । साधारण सभा तथा लाभांश प्रयोजनार्थ पुस १७ गते बुक क्लोज गरिने भएको छ ।
लाभांश पाउन र सभामा भाग लिनका लागि पुस १६ गतेसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरु मात्र योग्य मानिनेछन् । कम्पनीले २०७९–८० को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सभा पुस २९ गते राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा बिहान ९ बजे बोलाइएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




