सुनचाँदीको भाउमा सामान्य गिरावट, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     पौष १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० पुस । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ सामान्य घटको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ ५ ले घटेको जानकारी दिएको छ ।

छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल तोलाको १ लाख ४९ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।