
काठमाडौं, १२ पुस । सर्वोत्तम सिमेन्ट र ग्रिन भेन्चर्सको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि दुबै कम्पनीले बुकक्लोज गरेपछि शेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरिएकाे हो।
सर्वोत्तम सिमेन्टको ७ प्रतिशत बोनस समायाेजन भएकाे छ । ग्रिंन भेन्चर्सको १० प्रतिशत बोनस समायोजन गरिएकाे नेप्सेले जनाएकाे छ । समायोजनपछि सर्वोत्तम सिमेन्टको शेयरमूल्य ७१४ रुपैयाँ ६७ पैसा कायम भएको छ । उता ग्रिन भेन्चर्सको ५१० रुपैयाँ ४५ पैसा कायम गरिएकाे छ।
बिहिबार दोस्रो बजारमा सर्वोत्तमको शेयर प्रतिकित्ता ७६४ रुपैयाँ ७० पैसामा काराेबार भएकाे थियाे । ग्रिन भेन्चर्सको प्रतिकित्ता ५६१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।
अब आइतबार समायोजन गरिएकाे मूल्यकाे आधारमा दोस्रो बजारमा दुबै कम्पनीहरुको शेयर कारोबार खुल्ने भएकाे छ।
सर्वोत्तम सिमेन्ट
सर्वोत्तम सिमेन्टले पुस २६ गते छैठौँ साधारण सभा बेालाएकाे छ । सभाले ७ प्रतिशत बोनस तथा ३ प्रतिशत नगद लाभांशसहित १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदन गर्नेछ । सभा होटल भिलासा, भैरहवा, रुपन्देहीमा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।
ग्रीन भेन्चर्स
ग्रीन भेन्चर्सकाे छैटौंँ साधारण सभा पुस २८ गते रानी महल ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।सभाले १० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांशसहित १००.५२ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नेछ।








काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण… 




