सुनचाँदीको भाउ बढ्यो, आज तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     पौष १२ गते २०८१ मा प्रकाशित



काठमाडौं, १२ पुस । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको हो ।

छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हवार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।