
काठमाडौं, १६ पुस। विभाजित भएको औपचारिक रुपमा घोषणा मात्रै हुन बाँकी रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ । श्रीमतीको उपचारका लागि बुधबार अपरान्ह मेडिसिटी अस्पताल पुगेका प्रचण्डलाई साझ ओलीले फोन गरेका हुन् ।
पार्टी अनौपचारिक विभाजन भई प्रधानमन्त्री समेत रहेका ओली पक्ष सत्तामा र प्रचण्ड पक्ष ओली समूहकै विरोध गर्दै सडकमा आइसकेको छ । यस्तो अवस्थामा दुई नेताबीच भएको टेलिफोन संवादलाई महत्वपूर्ण मानिएको छ ।
प्रधानमन्त्री ओली निकटका नेता सुवादचन्द्र नेम्वाङ्गका अनुसार टेलिफोनमा प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे ओलीले जानकारी लिएका हुन । उनले सीता दाहालको स्वस्थ्य लाभको कामना गरेका छन् ।
कार्की ब्यांकेटमा सुदूरपश्चिमका नेता–कार्यकर्ताको भेलालाई सम्बोधन गरेपछि ओली बालुवाटार फर्किएका थिए । उनलाई बालुवाटारमै पुगेका पार्टी महासचिव विष्णु पौडेल र सुवास नेम्वाङले दाहाल–पत्नीलाई अस्पताल भर्ना गरिएको जानकारी दिएका थिए । उनीहरूकै सुझावअनुसार ओलीले दाहाललाई फोन गरेर सन्चोबिसन्चो सोधेका थिए ।
‘टेलिफोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो । त्यसपछि आफ्नो तर्फबाट विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङ आउादै हुनुहुन्छ है भन्नुभयो’, नेम्वाङले भने । यसपछि पौडेल र नेम्वाङ भैंसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका थिए । अस्पताल पुगेर सीताको स्वास्थ्य लाभको कामना गरेर उनीहरु फर्किएका छन् ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



