नेपाल इन्भेष्टमेन्ट बैंककाे साधारण सभा माघ ८ मा, के के छन् एजेण्डा ?

-



     सफल आवाज    
     पौष १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ पुस । नेपाल इन्भेष्टमेन्ट बैंकले ३४ औं वार्षिक साधारण सभा माघको ८ गते बोलाएको छ । सभाबाट १८.५० प्रतिशत लााभांस वितरण लगायतका अन्य प्रस्तावहरुमाथि छलफल गरी पारित गरिने भएको छ । बैंकले १३ प्रतिशत बोनश शेयर तथा ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

साधारण सभा प्रयोजनार्थ पुस २२ गते देखि साधारण सभा सम्पन्न नभएसम्मका लागि शेयर दाखिल खारेज कार्य बन्द हुने भएको छ । पुस को २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउने छन् । सभामा अनलाइनबाट पनि सहभागि हुन पाउने व्यवस्था मिलाईने कम्पनी सचिव सुधीरमान श्रेष्ठले जनाएका छन् ।

चुक्ता पूँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार ५०० रहेको छ । बैंकको अधिकृत पूँजीलाई बढाएर १८ अर्ब पुर्याईने भएको छ । बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकोले प्रबन्ध पत्र पनि संशोधनको प्रस्ताव गरिएको छ ।

साधारण सभा बैंकको केन्द्रीय कार्यालय, दरबार मार्गमा माघको ८ गते बिहान १० वजे बोलाईएको छ ।