यी ३ बित्तिय संस्थाकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ पुस । नेप्सेमा सूचीकृत भएका ३ कम्पनीहरूको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ । उनीहरूमा लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आइसीएफसी फाइनान्स रहेका छन् ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते  बुक क्लोज गर्ने भएका छन् । आज पुस १६ गतेसम्म कायम हुने शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन याेग्य हुनेछन् ।

सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्रने भएकाे छ । लाभांश पारित गर्न पुस २४ गते सभा बोलाएको छ । सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजे बाेलाइएकाे छ । 

सांग्रिला डेभलपमेन्ट बैंकले ३.६५% बोनस सेयर र कर प्रयोजनका लागि ०.१९% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस २९ गते वार्षिक साधारण सभा बाेलाएकाे छ । सभा, अम्रपाली ब्यांकेट, बालुवाटार काठमाडौंमा बिहान १०.३० बजे बाेलाइएकाे छ । 

आइसीएफसी फाइनान्सले गत वर्षको नाफाबाट कर सहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । लाभांश पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा बौद्ध हेरिटेज, बौद्ध पिपलबोट काठमाडौंमा बिहान १० बजे बाेलाइएकाे छ । 

फाइनान्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्नेछ । लाभांश पारित गर्न पुस २६ गते साधारण सभा गरिने भएको छ । सभा, होटल सेभेन स्टार लिमिटेड, सौराहामा बिहान १० बजे बाेलाइएकाे छ ।