
काठमाडाैं, १६ पुस। नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितलाई प्रदान गर्ने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस प्रदान गर्ने निर्णय गरेको हाे।
कम्पनीले सावधिक तथा सामूहिक जीवन बीमालेख अन्तर्गत १० वर्षे अवधिसम्मका लागि ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ,१६ देखि २० वर्षका लागि ६० रुपैयाँ २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ देखि ३० वर्ष अवधिका लागि ८२ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि पनि ८२ रुपैयाँ बोनस दर कायम गरेको जनाएकाे छ।
कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत १० वर्षे अवधिका लागि ६५ रुपैयाँ,११ देखि १५ वर्षका लागि ६५ रुपैयाँ,१६ देखि २० वर्षका लागि ६५ रुपैयाँ,२१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ,२६ देखि ३० वर्षका लागि ८२ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ८२ रुपैयाँ बोनसदर प्रदान गर्ने निर्णय गरेको छ ।
सावधिक बीमालेख अन्तर्गत १० वर्षे अवधिका लागि ५६ रुपैयाँ,११ देखि १५ वर्षका लागि ५६ रुपैयाँ,१६ देखि २० वर्षका लागि ५६ रुपैयाँ,२१ देखि २५ वर्षका लागि ६० रुपैयाँ,२६ देखि ३० वर्षका लागि ७० रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनसदर प्रदान गर्ने निर्णय गरेको जनाइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




