
काठमाडौं, १८ पुस । नेप्सेमा सूचीकृत भएका ८ वटा कम्पनीहरुकाे आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ । उनीहरुमा ७ कम्पनीहरुले साधारण सभा प्रयोजनका लागि शुक्रबार पुस १९ गते बुक क्लोज गर्ने भएका छन् ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले पुस २१ गते बुक क्लोज गर्ने भएकाे छ। यसकारण आजसम्म शेयर काराेबार गरी कायम भएका सेयरधनीहरु लाभांश पाउन र सभामा भाग लिन सक्ने भएका छन् ।
कालिका लघुवित्त वित्तीय संस्था
कालिका लघुवित्तले गत वर्षको नाफाबाट ९.५० प्रतिशत बोनस दिने भएकाे छ । करका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्नेछ । लाभांश पारित गर्नका लागि पुस २९ गते साधारण सभा डाकिएकाे । सभा होटल टाक्स इन्टरनेसनल पोखरामा बिहान ९ बजेदेखि बाेलाइएकाे छ ।
कालिका पावर कम्पनी
कालिका पावर कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुका लागि ७ प्रतिशत बोनस वितरण गर्ने भएकाे छ । साथै र करका लागि ०.३६ प्रतिशत नगदसहित ७.३६ प्रतिशत लाभांश दिनेछ । यका लागि पुस २९ गते साधारण सभा डाकिएकाे छ । सभा दियालो फुडल्याण्ड चितवन, भरतपुर–१० मा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।
लुम्विनी विकास बैंक
लुम्विनी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । साे लाभांश अनुमाेदनका लागि बैंकले पुस २९ गते अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान १०.३० बजे साधारण सभा डाकेकाे छ ।
मेराे माइक्राेफाइनान्स
मेराे माइक्राेफाइनान्सले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस वितरण गर्ने भएकाे छ । करका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गर्न माघ ४ गते साधारण सभा डाकिएकाे छ । सभा सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटमा बिहान साढे ११ बजे बाेलाइएकाे छ ।
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले गत वर्षको नाफाबाट १.८६५९ प्रतिशत बोनस शेयर वितरण गर्ने भएकाे छ । करका लागि ०.०९८२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । लाभांश पारित गर्न सभा पुस २९ गते कम्पनीकाे रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे बाेलाइएकाे छ ।
हिमालयन डिष्टिलरी
हिमालयन डिष्टिलरीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस दिने बताएकाे छ । कर प्रयोजनकालागि ५ प्रतिशत नगदसहित २० प्रतिशत लाभांश वितरण गर्नेछ । साे लाभांश पारित गर्न पुस २८ गते विरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे सभा डाकिएकाे छ ।
नेपाल (तराई) लिमिटेड
नेपाल (तराई) लिमिटेडले गत वर्षको नाफाबाट ५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएकाे छ । लाभांश अनुमाेदनका लागि कम्पनीले पुस २६ गते होटल र्याडिसन लाजिम्पाट, काठमाडौंमा मध्यान्ह १२ बजे सभा डाकेकाे छ ।
सूर्याेदय वाेमी लघुवित्त वित्तीय संस्था
सूर्याेदय वाेमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ६ प्रतिशत बोनस तथा करका लागि ०.९६ प्रतिशत नगद लाभांश दिने भएकाे छ । साे लाभांश अनुमाेदनका लागि पुस २८ गते लुभु पार्टी प्यालेस ललितपुरमा पूर्वान्ह ११ बजे सभा डाकिएकाे छ ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




