नेप्सेमा ४.६३ अंकको बृद्धि, साढे ४ अर्बको कारोबार

-



     सफल आवाज    
     पौष १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ पुस । साताको शेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली शेयर बजारमा सामान्य तवरले बृद्धि भएको छ । कारोबार अघिल्लो दिनको तुलनामा भने केहि बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा अडिएको छ । नेप्सेमा ०.१७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५५ अंकले घटेर ४४३.५६ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । बाँकी रहेका ८ वटामा हरियो लागेको छ । यसदिन कुल ३१५ वटा कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ८६ हजार ७ सय ५ वटा शेयरको कारोबारबाट ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार ३७९ रुपैयाँ १७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४६ करोड १७ लाख ४२ हजार ८ सय २० रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ५.०२ प्रतिशतले घटेको छ ।