
पोखरा, १८ पुस । नेपाल हस्तकला महासंघ र कास्की पोखरा हस्तकला संघको संयुक्त आयोजना तथा समावेशी बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा १५ दिने प्राकृतिक रेशाजन्य सिपमूलक एडभान्स तालिम बिहिबारबाट सुरु भएको छ ।
पोखरा बगरस्थित स्वस्तिक हस्तकला उद्योगको हलमा संघका अध्यक्ष सीता गुरुङको अध्यक्षमा सुरु तालिममा प्रमुख अतिथि संघको निवर्तमान अध्यक्ष तथा वरिष्ठ महिला उद्यमी रामकली खड्का रहेकी थिईन् ।
सो अवसरमा खड्काले आत्मनिर्भर बन्नका लागि सिप आवश्यक भएकोले तालिमले महिलाहरुलाई सिप सिकाईमा दक्ष बनाई आफ्नो खुट्टामा उभिनका लागि योग्य बनाउने विश्वास व्यक्त गरिन् ।
उद्घाटन सत्रमा सरिक भएका महिला उद्यमी संघ, नेपाल, कास्कीका अध्यक्ष सरु वराल, मनखुशी फाउण्डेशन गण्डकीका अध्यक्ष काशी गुरुङ, समावेशी बचत तथा ऋण सहकारी संस्थाका सचिव जीवन अधिकारी लगायतले तालिम सफलताको शुभकामना व्यक्त गरे ।
यसअघि कार्यक्रममा सहभागिहरुलाई संघका उपाध्यक्ष गोमा ढकालले स्वागत गरेकी थिईन् भने संचालन सचिव पम्फा थापाले गरेकी थिईन् ।
संघका अध्यक्ष सीता गुरुङले १५ दिने प्राकृतिक रेशाजन्य सिपमूलक एडभान्स तालिमलाई भरमग्दुर उपयोग गर्न, सिप सिक्न, आफ्नै खुट्टामा उभिन र अर्थ आर्जनको बाटो आफैले बनाउन दिदिबहिनीहरुको लागि सुनौलो अवसर भएको बताईन् ।
गुरुङले तालिममा २० जनाको सहभागिता रहेको जानकारी दिईन् । उनीहरुलाई प्रशिक्षक हीम कुमारी पुनले तालिमको बारेमा सहजिकरण गरेकी छन् । सो तालिमका लागि कुल खर्च १ लाख ४१ हजार ४ सय रहेको छ ।









महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




