महुली लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न, कतिलाई पर्याे ?

-



     सफल आवाज    
     पौष १९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १९ पुस । महुली लघुवित्त वित्तीय संस्थाका एफपीओ बाँडफाँड गरिएकाे छ। एफपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँड गरिए हो।

संस्थाकाे पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले रूपैयाँ ४ करोड ७५ लाख ४४ हजार ९१५ बराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ जारी गरिएकाे थियो।

एफपीओका लागि १६ लाख ९२ हजार १०६ जना आवेदकले आवेदन दिएका थिए । उनीहरूले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए। जसमा १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ । ४ हजार ३३२ आवेदन रद्द गरिएकाे छ।

एफपीओमा मागभन्दा बढी आवेदन पेश भएकाेले गोलाप्रथाबाट बाँडफाँड गरिएको हाे । यसमा ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले शेयर पाउन सफल भएका छन्। ९ जनाले थप १ कित्ता पाएका छन् । एकजनाले ०.१५ कित्ता प्राप्त गरेकाे जनाइएकाे छ ।