नेप्सेमा छायाे हरियाली, ६ अर्ब ३० करोडको कारोबार

-



     सफल आवाज    
     पौष २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ पुस । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा छाएको हरियालीले लगानीकर्ताहरु उत्साही भएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ विन्दुमा पुगेको छ । नेप्सेमा १.८९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ६.६९ अंकले बढेर ४४९.५९ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल ३१२ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार ८५४ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्राइन्स्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको २९ करोड ९ लाख ९२ हजार ३६३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।