प्रधानमन्त्रीद्वारा सुरक्षित रहन आग्रह

-



     सफल आवाज    
     पौष २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन्।

आज सामाजिक सञ्जालमा लेख्दै उनले भने, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।”

आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडौं सहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।