लाभांश पारित गर्न नेपाल टेलिकमले डाक्याे एजिएम

-



     सफल आवाज    
     पौष २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ पुस । नेपाल दूरसञ्चार कम्पनीले ३० प्रतिशत लाभांश वितरणकाे प्रस्ताव वितरणका लागि साधारण सभा बाेलाएकाे छ ।

गएकाे वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई साे लाभांश वितरण गर्ने भएको हाे । अघिल्लाे वर्ष कम्पनीले ४० प्रतिशत लाभांश वितरण गरेको थियो । 

लाभांश पारित गर्नका लागि कम्पनीकाे सत्रौं साधारण सभा पुस २८ गते बाेलाइएकाे छ। सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान १० बजे बाेलाइएकाे छ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गरेको जनाएकाे छ । लाभांश पाउन याेग्य हुनका लागि शेयरधनीहरुले पुस १७ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

सभाबाट कम्पनीकाे प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षककाे नियुक्ति पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिनेछ ।