सोमबार सुनको भाउमा सामान्य बृद्धि, चाँदीको स्थिर

-



     सफल आवाज    
     पौष २९ गते २०८१ मा प्रकाशित



काठमाडौं, २९ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ सामान्य बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदील व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सयले बढेको जनाएको छ । चाँदीको भाउ आईतबारकै कायम भएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदीको भाउ स्थिर रहेर तोलाको १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ६० रुपैयाँमा नै कारोबार भएको थियो ।