
काठमाडाैं, २९ पुस । आइसिएफसि फाइनान्सले माघ ९ गतेदेखि ३० करोड रुपैयाँ बराबरको ऋणपत्र खुलाउने भएको छ। फाइनान्सले ७ वर्षे अवधिको लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन गर्ने भएकाे हो।
प्रतिऋणपत्रकाे भाउ १ हजार दरमा ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गरिने भएकाे हो। यसबाट १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता व्यक्तिगत बाँडफाँड गरिने भएकाे छ ।
बाँकी रहने १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणका लागि रहेकाे छ। यसबाट ६ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।
लगानीकर्ताले घटीमा २५ कित्ता र बढीमा १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा छिटाेमा माघ १३ गतेसम्म र ढिलोमा माघ २३ गतेसम्म आवेदन दिन सकिनेछ।
इच्छुक लगानीकर्ताले सेबाेनबाट स्वीकृती प्राप्त सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरु रतिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




