एनआईसी एशिया बैंकले यसपटक लाभांश नदिने 

-



     सफल आवाज    
     माघ २ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २ माघ । एनआईसी एशिया बैंक लिमिटेडले यसपटक लाभांश नदिने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । 

बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने र बैंकको गत आवको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको बैकले जनाएकाे छ। राष्ट्र बैंकबाट गत आवको वित्तीय विवरणहरु स्वीकृत भएपछि साधारण सभा बाेलाइने बताइएकाे छ ।