पेट्रोलियम पदार्थको भाउ बढ्यो, कुनकाे कति ?

-



     सफल आवाज    
     माघ २ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ। भारतले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार निगमले नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो। 

निगमले एक बिज्ञप्ती जारी गरेर पेट्रोलमा प्रति लिटर २ रुपैयाँ वृद्धि गरेको छ । डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको छ।

भाउ बढपछि पेट्रोलको नयाँ मूल्य प्रति लिटर १६५ रुपैयाँ रहेकाे छ । डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १५६ रुपैयाँ भएकाे निगमले जनाएकाे छ।