
काठमाडौं, ३ माघ । नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीकाे साधारण सभा माघ २८ गते डाकिएकाे छ । सभा, होटल भिष्वा, बीरगंजमा बिहान ९ बजे डाकिएकाे हाे ।
सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांशसहित कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदन गरिने छ ।
यस्तै सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान, हिसाब किताब, विवविध विषयमा छलफल गरिने भएकाे छ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षककाे नियुक्ति तथा निजकाे पारिश्रमिक ताेकिने भएकाे छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि माघ १० गते बुक क्लोज गर्ने बताएको छ । सभामा भाग लिन र लाभांश पाउनका लागि लगानीकर्ताहरूले माघ ९ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाने हुनुपर्नेछ ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




