सुनमा रु १२ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     माघ ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १२ सयले बढेको छ । चाँदीमा रुपैयाँ ५० ले बढेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १२ सयले बढेर तोलाको १ लाख ५६ हजार ६ सय कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५० ले बढेर तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।